विमान दुर्घटना: थप एकको शव फेला, एकजना अझै बेपत्ता
पाेखरा | माघ ३, २०७९
पोखराः पोखरामा विमान दुर्घटना हुँदा बेपत्ता भएका थप एकजनाको शव भेटिएको छ ।
थप एकजनाको शव भेटिएसँगै विमान दुर्घटनामा मृत्युु हुनेको संख्या ७१ पुगेको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।
‘आइतबार पोखरामा विमान दुर्घटना हुँदा मृत्यु भएकाहरुको पोस्टमार्टमपछि शव परिवारलाई बुझाउन थालिएको छ, ढकालले भने, ‘दुर्घटना स्थलमा बेपत्ता भएकाहरुलाई खोजी कार्य जारी छ, अहिले थप एकजनाको शव भेटिएको छ, बेपत्ता भएका एकजनाको खोजी कार्य जारी छ ।’
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखराको सेती खोचमा दुर्घटना भएको थियो । आइतबार विमान दुर्घटना हुँदा ४ चालक दलसहित ६८ जना सवार थिए ।
आज बिहानैदेखि खोजीमा जुटेका उद्धारकर्मीहरुले भर्खरै एकजनाको शव भेटेका छन् । नेपाली सेना, सशस्त्र प्रहरीलगायतका उद्धारकर्मी दुर्घटनास्थलमा निरन्तर खोजीमा छन् ।
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

